२०८३ बैशाख २३ गते , बुधबार

इजरायली सेनाद्वारा उत्तरी वेस्ट ब्याङ्कमा नयाँ अपरेसन घोषणा

sajilo news
रासस
२०८२ मंसीर १० गते , बुधबार
इजरायली सेनाद्वारा उत्तरी वेस्ट ब्याङ्कमा नयाँ अपरेसन घोषणा

एजेन्सी । इजरायली सेनाले बुधबार वेस्ट ब्याङ्कको उत्तर क्षेत्रमा नयाँ आतङ्कवाद विरोधी कारबाही सम्बन्धि अपरेसनको घोषणा गरेकाे छ । सैन्य र आन्तरिक सुरक्षा सेवाले संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले वेस्ट ब्याङ्कको उत्तरी सामरियाको क्षेत्रमा व्यापक आतंकवाद विरोधी कारबाही सञ्चालन गरेको बताएका छन् ।

इजरायली सेनाले अपरेसन जनवरी २०२५ मा सुरु गरिएको आतंकवाद विरोधी अपरेसनको हिस्सा नभइ नयाँ भएको बताएकाे छ ।  यसले मुख्यतया प्यालेस्टिनी शरणार्थी शिविरहरूलाई लक्षित गर्ने एएफपीलेले जनाएकाे छ ।

सन् १९६७ देखि इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कमा अक्टोबर २०२३ मा इजरायलमा हमासको आक्रमणले गाजा युद्ध सुरु गरेपछि हिंसा बढेकाे थियाे । पछिल्लो समयमा अक्टोबर १० देखि गाजामा लागू भएको युद्धविरामको बावजुद युद्ध र हिंसा भइरहेको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै इजरायली सेना वा बसोबास गर्नेहरूले युद्ध सुरु भएदेखि वेस्ट ब्याङ्कमा एक हजार भन्दा बढी प्यालेस्टिनीहरूको हत्या गरेका थिए ।  आधिकारिक इजरायली तथ्याङ्कअनुसार भने प्यालेस्टिनी आक्रमण वा इजरायली सैन्य कारबाहीमा सैनिक तथा नागरिक दुवै पक्षका कम्तीमा ४४ जना इजरायलीको मृत्यु भएकाे थियाे ।

सम्बन्धित समाचार