२०८२ मंसीर १२ गते , शुक्रबार

झुम्का कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ

sajilo news
झापा
२०८२ मंसीर १० गते , बुधबार
झुम्का कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ

सुनसरीको झुम्का कारागारबाट भागेका दुईजना कैदीबन्दी झापामा पक्राउ परेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका मेचीनगर नगरपालिका ६ का ५२ वर्षीय मदन पोखरेल र सोही ठाउँका ५८ वर्षीय उतम ठकुरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाका र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आज विहान १० बजे उनीहरुलाई घरबाटै पक्राउ गरेको हो । उनीहरुलाई कैद भुक्तानका लागि झुम्का कारागार पठाइसकेको डीएसपी खडकाले जानकारी दिए ।

सम्बन्धित समाचार