२०८३ बैशाख २३ गते , बुधबार

झापाकी मेधावी छात्रा अस्मिताले किन गरिन् आत्महत्या ?

sajilo news
झापा
२०८२ मंसीर १० गते , बुधबार
झापाकी मेधावी छात्रा अस्मिताले किन गरिन् आत्महत्या ?

कचनकवल । झापा कचनकवलकी मेधावी छात्रा अस्मिता देवानले आत्महत्या गरेकी छिन् । कचनकवल गाउँपालिका-३ स्थित दल्की निवासी २२ वर्षीया देवानले मंगलबार विष सेवन गरी आत्महत्या गरेकी हुन् ।

बिर्तामोडमा ठुलीआमाको घरमा बसेर पढदै आएकी उनले त्यही विष सेवन गरेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी इन्द्रेणी क्याम्पस बिर्तामोडमा अध्ययनरत थिइन् । विष सेवन गरेको कारण भने नखुलेको प्रहरीले जनाएको छ । पढाइमा मेहनती र असाधारण क्षमता भएकी अस्मिताले किन आत्महत्या गरिन भनेर अहिले सबैको मनमा एउटै प्रश्न उब्जिएको छ । 

कचनकवल माविमा व्यवस्थापन सङ्काय पढ्दै आएकी देवानले राष्ट्रिय परीक्षा बोर्डको २०७९ सालमा कक्षा १२ को परीक्षामा ३.८२ जीपीए प्राप्त गरी जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याएकी थिइन् । जिल्ला नभई कोशी प्रदेशकै सर्वोत्कृष्ट नतिजा ल्याउने अस्मितालाई सोही वर्ष गाउँपालिकाले २५ हजारले पुरस्कृत पनि गरेको थियो ।

मित्रता र मानवीयता अस्मिताको पहिचान थियो। साथीसँग मिलनसार व्यवहार, परिवारप्रति कर्तव्यनिष्ठ र भविष्य बारेको स्पष्ट दृष्टिले उनी सबैको मनमा बस्न सफल भएकी थिइन्। यति प्रतिभाशाली, सम्भावनाले भरिएको जीवन यसरी अचानक अवसान हुँदा अहिले पूरै गाउँपालिका स्तब्ध बनेको छ

सम्बन्धित समाचार