२०८३ बैशाख २३ गते , बुधबार

शरीरमा आगो लगाएका झापा गौरादहका पोखरेलको मृत्यु

sajilo news
झापा
२०८२ मंसीर १० गते , बुधबार
शरीरमा आगो लगाएका झापा गौरादहका पोखरेलको मृत्यु

सर्लाहीको लालबन्दीमा शरीरमा आगो लगाएका झापा घर भएका एक पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका- ७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका-२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

गम्भीर घाइते भएका पोखरेललाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचार गरी प्रहरीले राति नै थप उपचारका लागि प्रादेशिक अस्पताल लगेको थियो। उपचारकै क्रममा बुधबार बिहान २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए।

सम्बन्धित समाचार