२०८३ बैशाख २३ गते , बुधबार

अर्जुनधारामा आगलागी हुँदा करिब ९ लाखको क्षति

sajilo news
झापा
२०८२ मंसीर १० गते , बुधबार
अर्जुनधारामा आगलागी हुँदा करिब ९ लाखको क्षति

झापाको अर्जुनधारामा आगलागी हुँदा करिब ९ लाखको क्षति भएको छ । गएराति ११.४५ बजे अर्जुनधारा–१० कालिझोडा बस्ने मछिन्द्र पौडेलको जस्ता र काठले बनेको २ तले ग्वाली घरमा अचानक आगलागी भएको हो ।

आगलागीबाट ग्वाली घर र घरभित्र रहेका चामल ५० बोरा (१५०० केजी), चोकर १० बोरा (५०० केजी), खुँदी १० बोरा (५०० केजी), धान २० मन (८०० केजी),मुडा बुन्ने धागो/डोरी ४० बोरा र ५ कट्ठाको पराल जलेर नष्ट हुँदा अन्दाजी ८ लाख ८७ हजार बराबरको क्षति भएको छ ।नेपाल प्रहरी, स्थानीय मानिस,बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा राति १ः१० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

सम्बन्धित समाचार