२०८३ बैशाख २३ गते , बुधबार

मेचीनगर नगरपालिका अधिकृत वस्तीमाथि वडाध्यक्षले लगाए भ्रष्टचारको आरोप

sajilo news
झापा
२०८२ मंसीर ९ गते , मंगलबार
मेचीनगर नगरपालिका अधिकृत वस्तीमाथि वडाध्यक्षले लगाए भ्रष्टचारको आरोप

झापाको मेचीनगर नगरपालिका-४ का वडाध्यक्ष अर्जुन कार्कीले मेचीनगरका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त वस्तीमाथि नगरपालिकालाई “चकनाचुर” बनाएको गम्भीर आरोप लगाएका छन्। नेकपा एमालेबाट निर्वाचित अध्यक्ष कार्कीले सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै वस्तीको सम्पत्ति शुद्धीकरण गर्न पार्टी र सरकारसमक्ष सार्वजनिक रूपमै माग गरेका छन् ।

कार्कीले स्ट्याटसमा लेखेका छन्, “मेचीनगर नगरपालिकालाई आजको यो अवस्थामा ल्याएर चकनाचुर पार्ने अनन्त वस्ती हो। यसको सम्पूर्ण ५४ सालदेखि अहिलेसम्मको सम्पत्ति शुद्धीकरण र गतिविधिलाई सार्वजनिक गर्न म मेरो पार्टी र सरकारसँग अनुरोध गर्छु। यस्तो भ्रष्टको पछि हामी हिँड्दैनौ। यसको हैसियत र यसको सम्पत्ति शुद्धीकरण होस्। म जनप्रतिनिधिको हैसियतले चुनौतीको साथ यो अनुरोध गर्न चाहन्छु। “

उनको उक्त अभिव्यक्तिले मेचीनगरको राजनीतिक तथा प्रशासनिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। कार्कीको चुनौतीपश्चात् नगरभित्रको भ्रष्ट्राचार विषयमा चासो थपिएको छ। यस विषयमा प्रशासकीय अधिकृत वस्तीको कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

सम्बन्धित समाचार