२०८३ बैशाख २३ गते , बुधबार

मेचीनगरस्थित रामघाटको सिँढीमा एक व्यक्ति मृत

sajilo news
झापा
२०८२ मंसीर ९ गते , मंगलबार
मेचीनगरस्थित रामघाटको सिँढीमा एक व्यक्ति मृत

मेचीनगर धुलाबारीस्थित रामघाटको सिँढीमा एकजना व्यक्ति मृत फेला परेका छन् । गएराति मेचीनगर नगरपालिका-१० खयरडाँगी बस्ने ५५ वर्षीय काजीकुमार कार्की रामघाटको सिँढीमा कोल्टे परी मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर हुँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार