२०८२ मंसीर १२ गते , शुक्रबार

मलद्वारमा ब्राउनसुगर ल्याउने युवक भद्रपुरमा पक्राउ

sajilo news
झापा
२०८२ मंसीर ८ गते , सोमबार
मलद्वारमा ब्राउनसुगर ल्याउने युवक भद्रपुरमा पक्राउ

भद्रपुरस्थित मेची पुलमा लागूऔषध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् । हिजो ७:४० बजेको समयमा भद्रपुर नगरपालिका-५ मेची पुल स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री अर्जुनधारा नगरपालिका-२ खुदुनाबारीका ३१ वर्षीय वीरबहादुर कुमाललाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

प्रहरीले शंका लागि चेक जाँच गर्दा उनले मलद्वारभित्र प्लास्टिकको पोका पारी लुकाइछिपाई ल्याएको प्लास्टिकबाहेक ६ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको जनाइएको छ।

सम्बन्धित समाचार