२०८३ बैशाख २३ गते , बुधबार
मोरङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोरङको बुढीगङ्गामा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुढीगङ्गा गाउँपालिका–५ स्थित सडकमा स ३ प ८८४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ बस्ने सप्तरी राजविराज नगरपालिका–१ घर भएका १९ वर्षीय सुरज नुनियाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।