२०८२ मंसीर १२ गते , शुक्रबार
चितवन कारागारबाट भागेका कैदी झापामा पक्राउ
चितवन कारागारबाट फरार भएका एक कैदीबन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका-८ बस्ने २९ वर्षीय आशिष् सुब्बा रहेका छन् । सालकको अखेटोपहार मुद्दामा सुब्बालाई पुर्पक्षका लागि चितवन कारागार पठाइएको थियो ।
सुब्बा जेनजी आन्दोलनका क्रममा त्यहाँबाट भागेका थिए । आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आज साँझ ५:३० बजे उनलाई नियन्त्रणमा लिएको हो । उनलाई इप्रका झिलझिलेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।