२०८३ बैशाख २३ गते , बुधबार
कारले ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान घाइते
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–२ हजराचौक जनकपुर ढल्केवर सडक खण्डमा आज कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएकाे छ ।
बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका-१ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले दुर्घटनामा सुमिन्त्रादेवीकाे मृत्यु भएकाे जानकारी दिए ।
दुर्घटनामा महतोका श्रीमान ५० वर्षे राजकुमार घाइते भएका छन् । ठक्कर दिने गाडी र चालक सर्लाही लालबन्दी–६ का १८ वर्षे दिवस कार्कीलाई नियन्त्रणमा लिएर ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको छ ।