२०८२ मंसीर १२ गते , शुक्रबार
बिर्तामोडमा एक व्यक्तिको शङ्कास्पद मृत्यु
झापाको बिर्तामोडमा एक व्यक्तिको शङ्कास्पद मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-७ मियाबारीस्थित रेखा खोलानजिक वडा नम्बर ६ का ५२ वर्षीय आनन्द चौधरीको शङ्कास्पद अवस्थामा शव फेला परेको हो । गएराति १०ः४० बजे इलाका प्रहरी कार्यालय बिर्तामोड टोली घटनास्थल पुगेको थियो ।
राति १ बजे कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । अनुसन्धानको क्रममा सोही ठाउँका ४८ वर्षीय पूरण चौधरी र वडा नम्बर ७ का ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।