२०८२ मंसीर १२ गते , शुक्रबार

मोबाइल चोरीको आरोपमा कुटपिटपछि युवकको मृत्यु

sajilo news
रासस
२०८२ मंसीर ६ गते , शनिबार
मोबाइल चोरीको आरोपमा कुटपिटपछि युवकको मृत्यु

सप्तरी । मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ। जिल्लाको राजगढ गाउँपालिका–६ फकिरा घर भई राजविराज नगरपालिका–१६ बोरिया बस्दै आएका मुकेश यादवको आज मृत्यु भएको प्रहरीले जनायो ।

उन्नाइस वर्षीय यादवको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

प्रहरीका अनुसार दुई दिनअगाडि बोरियास्थित छिमेकी सरोकुमारी साहको मोबाइल हराएको थियो। उक्त मोबाइल मुकेशले नै चोरी गरेको भन्दै साहले कुटपिट गरेपछि घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको हो ।  घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार