२०८३ बैशाख २३ गते , बुधबार

राष्ट्रसेवक सहकारी संस्थाको अध्यक्षमा गुरागाईँ

sajilo news
झापा
२०८२ मंसीर ६ गते , शनिबार
राष्ट्रसेवक सहकारी संस्थाको अध्यक्षमा गुरागाईँ

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अध्यक्षमा लक्ष्मीप्रसाद गुरागाईँ सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न संस्थाको २६ औं वार्षिक साधारण सभाले आगामी चार वर्षे कार्यकालका लागि गुरागाईँको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको हो ।

निर्वाचन समितिका संयोजक कृष्णप्रसाद शर्माका अनुसार आवश्यक पदमा एक–एकजनाको मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि सबै पदाधिकारी–सदस्य सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको जानकारी दिए ।

निर्वाचन समितिका अनुसार सञ्चालक समितिको उपाध्यक्षमा तेजिन्द्र न्यौपाने, सचिवमा शेषराज पौडेल, कोषाध्यक्षमा कृष्ण रुचाल र सदस्यमा भीमा भट्टराई, जीवनकला राउत, मन्दिरा श्रेष्ठ, राजेन्द्र प्याकुरेल र रामचन्द्र ।मिश्र चयन भएका छन् भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा घनेन्द्रप्रसाद ढकाल तथा सदस्यमा सुरेश भट्टराई र सुवासकुमार विक चयन भएका छन् ।

सम्बन्धित समाचार