२०८२ मंसीर १२ गते , शुक्रबार

मलद्वारभित्र ब्राउन सुगर ल्याउने युवक मेची पुलमा समातिए

sajilo news
झापा
२०८२ मंसीर ६ गते , शनिबार
मलद्वारभित्र ब्राउन सुगर ल्याउने युवक मेची पुलमा समातिए

भद्रपुर । भद्रपुरको मेची पुलबाट लागुऔषधसहित ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । आज दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले मेची पुल प्रहरी बिटमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा मेचीनगर–१२ नयाँ बस्तीका २७ वर्षीय सुनिल विश्वकर्मा पक्राउ परेका हुन् ।

उनले मलद्वारभित्र प्लास्टिकका ७ पोका लुकाएर ल्याएको ६ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ।

 

सम्बन्धित समाचार