२०८३ बैशाख २३ गते , बुधबार
झापामा सामान बेच्दा बेच्दै एक व्यापारी ढल्दा मृत्यु
झापाको गौरीगञ्ज गाउँपालिका-१ स्थित कुञ्जिबारी बजारमा सामान बेच्दा बेच्दै एक व्यापारीको ढलेर मृत्यु भएको छ । आज दिउँसो ३ बजे शिवसताक्षी-५ बस्ने ७२ वर्षीय सम्पतलाल राजबंशी कुञ्जिबारी बजारमा ढलेका हुन् ।
बीउबिजनको ब्यापार गर्न कुञ्जिबारी बजार गई ब्यापार गरिरहेकोमा अचानक चक्कर लागेर राजवंशी बेहोस भएका थिए । उनलाई उपचारको लागि दमक अस्पताल दमक पठाइएकोमा ४ः३५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।