२०८३ बैशाख २३ गते , बुधबार

झापामा ३५ हजार ३१९ नयाँ मतदाता थपिए

sajilo news
झापा
२०८२ मंसीर ६ गते , शनिबार
झापामा ३५ हजार ३१९ नयाँ मतदाता थपिए

झापामा ३५ हजार ३१९ नयाँ मतदाता थपिएका छन् । फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स) मार्फत ११ हजार ७३३ र र राष्ट्रिय परिचयपत्रमार्फत २३ हजार ५८६ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए। योसँगै झापामा मतदाताको सङ्ख्या ७ लाख १४ हजार ५९५ पुगेको छ । प्रतिनिधिसभा निर्वाचन घोषणाअघि जिल्लामा मतदाताको सङ्ख्या ६ लाख ७९ हजार २७६ रहेको थियो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणापछि देशभरि भने आठ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मध्यरातिदेखि सकिएपछि नाम दर्ता गर्ने नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो ।

सम्बन्धित समाचार