२०८३ बैशाख २३ गते , बुधबार
बिर्तामोडबाट भागेका थप दुईजना थुनुवा पक्राउ
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका थप दुईजना थुनुवा पक्राउ परेका छन् । हिजो दिउँसो १ बजे लागूऔषध मुद्दाका फरार थुनुवा कनकाई-२ बस्ने वर्ष ३३ का रमेश मुखिया सुनुवार र कनकाई-३ बस्ने वर्ष ४२ का चन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो । जेनजी आन्दोलनका क्रममा भागेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनीहरूको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका बेला गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भई अनुसन्धानमा रहेका इप्रका दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये हालसम्म १२ जना मात्र पक्राउ परेका छन् भने ८० जना फरार नै रहेका छन् ।