२०८३ बैशाख २३ गते , बुधबार

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

sajilo news
रासस
२०८२ मंसीर ६ गते , शनिबार
बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् ।  

सम्बन्धित समाचार