२०८२ मंसीर १२ गते , शुक्रबार
दमकबाट लुटिएको ११ राउन्ड गोली भेटियो
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको विभिन्न हतियारका थप ११ राउन्ड गोली भेटिएको छ ।
हिजो साँझ ६ः४० बजे दमक-७ स्थित मानव सेवा आश्रमनजिकै भित्री सडक खण्ड छेउमा बेवारिसे अवस्थामा गोली फेला परेको हो । बेवारिसे अवस्थामा रहेको एसएलआर राइफलको राउन्ड ५ थान , इन्सास राइफलको राउन्ड ३ थान र ३०३ राइफलको राउन्ड ३ थान गरी जम्मा ११ राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट २० थान हतियार लुटपाट भएको थियो । त्यसमध्ये ३ थान हतियार भेटिएको छ । अझै १७ थान हतियार र करिब ४ हजार राउन्ड गोली भेटिन बाँकी रहेको जनाइएको छ ।