२०८३ बैशाख २३ गते , बुधबार

सकियो नामावली दर्ता, थपिए ८ लाख ३७ हजार नयाँ मतदाता

sajilo news
झापा
२०८२ मंसीर ६ गते , शनिबार
सकियो नामावली दर्ता, थपिए ८ लाख ३७ हजार नयाँ मतदाता

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय सकिएको छ। यसअघि कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकोमा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो। यो अवधिमा नयाँ ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन्। यसमध्ये ३ लाख ४४ हजार ९१४ जनाले निर्वाचन कार्यालयमा गई आवेदन दिएका हुन्। 

यस्तै राष्ट्रिय परिचय पत्र मार्फत मात्रै ४ लाख ९१ हजार १८० मतदाता थपिएका हुन्। अन्तिम दिन शुक्रबारमात्र ७ हजार ८६२ जनाले मतदाता नामावलीमा नाम लेखाएका थिए। योसँगै देशभर कुल मतदाताको संख्या एक करोड ८८ लाख २५ हजार ६६४ पुगेको निर्वाचन आयोगले जनाएको छ। यसअघि २०७९ को निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० थियो। 

सम्बन्धित समाचार