२०८३ बैशाख २३ गते , बुधबार

झापा कारागारमा एक कैदीको मृत्यु

sajilo news
झापा
२०८२ मंसीर ५ गते , शुक्रबार
झापा कारागारमा एक कैदीको मृत्यु

भद्रपुरस्थित झापा कारागारका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भारत पश्चिम बंगाल राज्य दार्जिलिङ बस्ने ६१ वर्षीय कर्णबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ८ बजे अचानक प्रेसरको बिरामी भई लिम्बूलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको थियो । उपचारका क्रममा बिहान ८ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी २०७५ साउन २९ गतेदेखि झापा कारागारमा कैद भुक्तान गर्दे आएका थिए ।

सम्बन्धित समाचार