२०८३ बैशाख २३ गते , बुधबार
धनकुटामा माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु
धनकुटामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौँबाट सङ्खुवासभाको खाँदबारी जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको माइक्रोबस धनकुटाको पाख्रिबास नगरपालिका ५ भैंसेमा बिहान ६ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी सङ्खुवासभाको सभापोखरी–२ की ८२ वर्षीया सबिता कालाखेतीको मृत्यु भएको धनकुटा प्रहरीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको थापाले बताए । गम्भीर घाइते हुनेमा चालक जितेन्द्र बुढाथोकी र अर्का एक यात्रीलाई थप उपचारका लागि धरान पठाइएको छ । अन्य साधारण घाइतेहरू १२ जनालाई उपचारका लागि धनकुटा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।