२०८३ बैशाख २३ गते , बुधबार

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

sajilo news
रासस
२०८२ मंसीर ४ गते , विहीबार
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  चिउरीबाट चिसापानीतर्फ गइरहेको भे २ त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।  निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

सम्बन्धित समाचार