२०८२ मंसीर १२ गते , शुक्रबार
युक्रेनको तर्नोपिल शहरमा रुसको ड्रोन र मिसाइल हमला, कम्तीमा २५ जनाको मृत्यु
रूसले युक्रेनको पश्चिमी शहर तर्नोपिलमा ड्रोन र मिसाइलबाट भीषण हमला गर्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा तीन बालबालिका छन्। हमलामा ७३ जना घाइते भएका छन्, तीमध्ये १५ जनाबालबालिका छन्। यो हमला २०२२ मा युद्ध शुरु भएपछि पश्चिमी युक्रेनमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ।
यसैगरी पश्चिमी क्षेत्रहरू लभिव र इभानो–फ्र्याङ्किभ्स्कमा पनि हमला भएका छन्। उत्तरी शहर खार्किभका तीन जिल्लाहरूलाई पनि ड्रोन हमलाले निशाना बनाएको छ। यहाँ पनि ३० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
लभिवका प्रमुखले त्यहाँ एक उर्जा संरचनामा क्षति पुगेको बताए। सार्वजनिक तस्विरहरूमा भवनहरू र सवारीसाधनहरूमा आगजनी भएको देखिएको छ।
युक्रेनको वायुसेनाले रूसका ४७६ ड्रोनमध्ये ४४२ वटा र ४८ मिसाइलमध्ये ४१ वटा खसालेको दाबी गरेको छ।