२०८३ बैशाख २४ गते , विहीबार

अर्जुनधारामा मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

sajilo news
झापा
२०८२ मंसीर ३ गते , बुधबार
अर्जुनधारामा मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

झापाको अर्जुनधारामा देवरले चलाएको मोटरसाइकलबाट लडेर भाउजूको मृत्यु भएको छ । तीन दिनअघि कात्तिक ३० गते अर्जुनधारा-६ कदमगाछीस्थित बिर्तामोड– शनिश्चरे सडक खण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१०प८८४७ न. को मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा–८बस्ने वर्ष ५६की सरस्वती तामाङ श्रेष्ठ कुदिरहेको मोटरसाइकलबाट अचानक लडेर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा आज बिहानको राति २.४० बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सरस्वती सवार मोटरसाइकल उनका देवर अर्जुनधारा२ खुदुनाबारी बस्ने वर्ष ५३ का बिर्खबहादुर तामाङले चलाएका थिए । मोटरसाइकल चालक तामाङलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार