२०८३ बैशाख २४ गते , विहीबार

लागू औषधसहित फार्मेसी संचालक दम्पती पक्राउ

sajilo news
सुनसरी
२०८२ मंसीर २ गते , मंगलबार
लागू औषधसहित फार्मेसी संचालक दम्पती पक्राउ

सुनसरीको इटहरी-१२ मा ठूलो परिमाणको लागू औषधसहित फार्मेसी संचालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । फार्मेसी पसलबाट लागू औषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले इटहरी-१२ का नसिव फार्मेसी संचालक ५० बर्षीय नसिव नारायण चौधरीको घर खानतलासी गर्दा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको प्रतिवन्धित औषधी ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको कोशी प्रदेश कार्यालयले जनाएको छ ।

उक्त परिमाणको लागू औषध बरामद भएसगै चौधरी र उनको श्रीमती सम्झना चौधरी समेतलाई पक्राउ गरिएको प्रहरीले जनाए ।  पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको जनाएको छ। 

सम्बन्धित समाचार