२०८३ बैशाख २४ गते , विहीबार

झापामा अटो दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु

sajilo news
झापा
२०८२ मंसीर १ गते , सोमबार
झापामा अटो दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु

झापामा ९ दिनअघि अटो दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु भएको छ । गत कात्तिक २१ गते साँझ ७ः४० बजे गौरादह– १ गेउरिया चोकस्थित पाडाजुँगी –गौरीगञ्ज भित्री सडक खण्डमा गेउरिया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे.१ ह ५७५४ नम्बरको अटो गेउरिया चोकमा रोकेर धान लोड गर्दै गरेको प्रदेश न.१–०२–००१ख ९०९३ नम्बरको मिनी ट्रकको पछाडि ठोक्किएको थियो ।

दुर्घटनामा अटो चालक गौरादह-१ बस्ने ४८ वर्षीय मोहम्मद डोमा सामान्य र सोही अटोमा सवार उनकी श्रीमती श्रीमती ३७ वर्षीया खुश्बु खातुन गम्भीर घाइते भएका थिए ।

खुश्बुलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा हिजो दिउँसो १२ः३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार