२०८३ बैशाख २४ गते , विहीबार

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक

sajilo news
झापा
२०८२ कार्तिक ३० गते , आईतबार
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ मा हुने प्रतिनिधिसभातर्फको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगमा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रियसभातर्फ पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन उजुरीमाथि छानबिन सकाएर पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ।

प्रतिनिधिसभातर्फ माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकिएको छ। माघ ७ गते उजुरीमाथि छानबिन गरी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सकिने आयोगले जनाएको छ।

सोही दिन ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक हुनेछ। माघ ९ गते नै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए। समानुपातिकतर्फ मंसिर २१ गते देखि २३ गतेसम्म निर्वाचनमा भाग लिन चाहने दलहरूले निवेदन पेश गर्नुपर्नेछ। २४ गते दलहरूको नामावली प्रकाशनपछि पुस १३ र १४ गते दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ।

यसरी पेश भएका उम्मेदवारका सूचीका आधारमा आयोगले माघ २० गते अन्तिम सूची सार्वजनिक गर्नेछ। स्वीकृत निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ।

सम्बन्धित समाचार