२०८२ मंसीर १२ गते , शुक्रबार

मेक्सिकोमा सुरक्षा ग्यारेन्टीको माग गर्दै जेन-जी आन्दोलन

sajilo news
एजेन्सी
२०८२ कार्तिक ३० गते , आईतबार
मेक्सिकोमा सुरक्षा ग्यारेन्टीको माग गर्दै जेन-जी आन्दोलन

मेक्सिकोमा बढ्दो अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउम प्रशासनको विरोधमा जेन-जी युवाहरु आन्दोलित भएका छन । आन्दोलनमा उत्रिएका युवाहरुले देशमा शान्ति सुरक्षा ग्यारेन्टीको माग गरेका छन । मेक्सिकोमा लादिएको एकाधिकारको विरुद्धमा उत्रिएका उरुपानका मेयर कार्लोस मान्जोको केही साताअघि हत्या भएको थियो ।

आन्दोलनमा उत्रिएकाहरुले सरकारविरुद्ध आवाज उठाएको भन्दै मान्जोको हत्या गरेको आरोप लगाउँदै आएका छन् । राष्ट्रपति शेनबाउमले भने दक्षिणपन्थी राजनीतिज्ञहरुले जारी प्रदर्शनलाई वित्तीय सहयोग दिएको आरोप लगाएका छन् ।

आन्दोलनमा उत्रिएको जेन जी समूहले राष्ट्रपति निवास रहेको नेशनल प्यालेसको सुरक्षा बार भत्काएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भिड तितरबितर पार्नका लागि प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो ।

सम्बन्धित समाचार