२०८३ बैशाख २४ गते , विहीबार

झापाका वृद्धले शरीरमा पेट्रोल छर्केर गरे आत्मदाह

sajilo news
झापा
२०८२ कार्तिक २९ गते , शनिबार
झापाका वृद्धले शरीरमा पेट्रोल छर्केर गरे आत्मदाह

झापाका एक वृद्धले आफ्‌नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका छन् । गएराति ११.३० बजे बुद्धशान्ति गाउँपालिका ६ सन्तपुर बस्ने ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आँगनमा आफ्नो शरीरमा आफैले पेट्रोल खन्याई आगो लगाई आत्मदाह गरेका हुन् । जलेर मृत अवस्थामा उनका काइँला छोरा भोगेन्द्र अधिकारीले फेला पारेका थिए ।

केही महिनाअघि उनले प्रोस्टेटको अप्रेसन गरेका थिए । त्यस्तै डिप्रेसनको बिरामी भएर उनले औषधी सेवन गर्दै आएका थिए । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार