२०८३ बैशाख २४ गते , विहीबार

५ दिन थपियो मतदाता नामावली संकलनको म्याद

sajilo news
झापा
२०८२ कार्तिक २८ गते , शुक्रबार
५ दिन थपियो मतदाता नामावली संकलनको म्याद

निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको जानकारी दिए।

दर्ता गर्नेहरूको चाप कायमै रहेकाले ५ दिन म्याद थप गरिएको भण्डारीले बताए। यसअघि सरकारले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो। अब मंसिर ५ गतेसम्म नामावली दर्ता गर्न सकिने छ।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवारमात्रै मतदाता नामावली दर्ता गर्ने समय थप्न सुझाव दिएकी थिइन्।

सम्बन्धित समाचार