२०८३ बैशाख २४ गते , विहीबार

दमकमा अत्यधिक मदिरा सेवनबाट एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ कार्तिक २६ गते , बुधबार
दमकमा अत्यधिक मदिरा सेवनबाट एकजनाको मृत्यु

झापाको दमकमा अत्यधिक मदिरा सेवनबाट एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे दमक नगरपालिका ६ बोका हाउस अगाडी वडा नं ७ सयपत्री टोलका ४७ वर्षीय विनोद चम्लागाई अत्यधिक मादक पदार्थ सेवन गरी लडिरहेको अवस्थामा फेला परेका थिए ।

उनका भाइ योगेन्द्र चम्लागाईले घर लगेकोमा आज बिहान ९ः३० बजे बिरामी भई उपचारको लागि दमक अस्पताल ल्याउनसाथ डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । कानुनी प्रक्रियापश्चात् शवको पोस्टमार्टमपश्चात् भाइ योगेन्द्र चम्लागाईले शव बुझिलिई गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार