२०८३ बैशाख २४ गते , विहीबार

विराटनगरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

sajilo news
मोरङ
२०८२ कार्तिक २५ गते , मंगलबार
विराटनगरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

विराटनगरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनको श्रीमान घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिकै मंगलबार साँझ भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा सर्लाही हरिपुर नगरपालिका– १ की ४५ वर्षीया रोहिता अधिकारी कोइरालाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लूबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते रोहिताको कोशी अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक ५७ वर्षीय विमल कोइराला घाइते छन् । 

ट्रक र ट्रक चालक भारत बिहारको सिमान्त जिल्ला बडहरियाका ४० वर्षीय कन्हैया यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

सम्बन्धित समाचार