२०८३ बैशाख २४ गते , विहीबार

झापाका सीमा नाकाहरू आज साँझदेखि खुल्यो

sajilo news
झापा
२०८२ कार्तिक २५ गते , मंगलबार
झापाका सीमा नाकाहरू आज साँझदेखि खुल्यो

भारतको विहार राज्यसँग जोडिएका झापाका सीमा नाकाहरू आज साँझदेखि सञ्चालनमा भएको छ । भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी विहारसँग जोडिएका भद्रपुर, केचना, डिगलबैंक र गौरीगञ्ज सीमा नाकाहरू  नोभेम्बर ८ तारिख साँझ ६:१५ बजेदेखि ७२ घण्टाको लागि बन्द गरिएको थियो । आज विहारमा दोस्रो चरणको मतदान सकिएसँगै साँझ ७:१५ बजेदेखि सीमा नाकाहरू खुला भइसकेको सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका डीएसपी दयाराम पौडेलले जानकारी दिए । 

सम्बन्धित समाचार