२०८३ बैशाख २४ गते , विहीबार
नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ। सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी महानिरीक्षक(आईजीपी) नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। एआइजी कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख छन्। उनले यही कात्तिक २७ गतेदेखि प्रहरीको नेतृत्व सम्हाल्नेछन्।