२०८३ बैशाख २४ गते , विहीबार

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

sajilo news
झापा
२०८२ कार्तिक २३ गते , आईतबार
जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ। गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए।

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीवार गढवा–४ रामनगरमा औषधि खुवाउने वेला बालिकाको घाँटीमा अड्किएपछि सास रोकिएर केही मिनेटमा उनको घटनास्थलमै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो।

प्रारम्भिक अनुसन्धान भइरहेकाले घटना सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ। महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किए बालिकालाई श्वासप्रश्वासमा समस्या भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार