चन्द्रगढी वनको निर्वाचन : १ हजार ८५७ मत खस्यो, कसले जित्ला ?
भद्रपुर । भद्रपुर-९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा १ हजार ८५७ मत खसेको छ। चार वर्षे कार्यकालका लागि आज भएको निर्वाचनमा कुल १ हजार ९९५ जना मतदातामध्ये १ हजार ८५७ जनाले मतदान गरेको जनाइएको छ ।
निर्वाचनमा प्रमुख राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी पाँच जना अध्यक्षमा उठेका छन् । अध्यक्ष पदका उम्मेदवारमा नेकपा (एमाले) बाट अनुज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चूडामणि मैनाली, जेनजी युवाहरूको समर्थनमा राजु बराल, र स्वतन्त्र रूपमा रमेश न्यौपाने र पुण्यप्रसाद पोखरेल रहेका छन्।
त्यस्तै, उपाध्यक्षमा ४, सचिवमा ५, सहसचिवमा ५ र कोषाध्यक्षमा ४ जना उम्मेदवार बनेका छन्। खुला महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। समूहका पाँच वटै क्षेत्रमध्ये वडा नं। २, ५ र ९ का सहसंयोजक हरू निर्विरोध चयन भएका छन् भने अन्य क्षेत्रका संयोजक तथा सहसंयोजक पदमा प्रतिस्पर्धा भएको छ।