२०८३ बैशाख २४ गते , विहीबार

जेनजीका मुद्दाहरु सम्बोधन नभए झापामा विरोध प्रदर्शन गर्ने

sajilo news
झापा
२०८२ कार्तिक २२ गते , शनिबार
जेनजीका मुद्दाहरु सम्बोधन नभए झापामा विरोध प्रदर्शन गर्ने

जेनजी आन्दोलनले उठाएका मुद्दाहरु सम्बोधन नभएको भन्दै जेनजीहरुले झापामा विरोध प्रदर्शन गर्ने भएका छन् । जेनजी युनाईटेड मुभमेन्टको अगुवाइमा बिर्तामोड र दमकमा विरोध प्रदर्शन गरिने भएको हो । जेनजी युनाईटेड मुभमेन्टका अगुवाहरूले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी कात्तिक २४ गते बिर्तामोडमा र २५ गते दमकमा विरोध प्रदर्शन गर्ने जनाएका हुन् ।

जेनजी आन्दोलनपछि नयाँ आशा, उत्साह र परिवर्तनको अपेक्षा गरिएकोमा त्यो आशा अझै पूरा हुन नसकेको ,जेनजी आन्दोलन दबाउन खोजेका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री वा अन्य अधिकारीहरूमाथि अझैसम्म कारबाही नगरिएको , सहिद र घाइतेहरूको योगदान र बलिदानलाई नीतिगत रूपमा मान्यता दिन नसकेको , आगामी निर्वाचनअघि नै शासन प्रणाली र प्रत्यक्ष कार्यकारी व्यवस्थाबारे सुनिश्चितता हुन नसकेको लगायतका मागहरू उनीहरूले अगाडि सारेका छन् ।

नेपाल पत्रकार महासंघ झापाको कार्यालयमा भएको पत्रकार सम्मेलनमा जेनजी अगुवाहरू सुवेश भारती ,सोनिया बिक , निशा भारती , सागर तामाङ, पंकज गिरी , रिचन राई , अञ्जना राईलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार