२०८३ बैशाख २४ गते , विहीबार

मेचीनगरमा करेन्ट लगाई माछा मार्दा एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ कार्तिक २२ गते , शनिबार
मेचीनगरमा करेन्ट लगाई माछा मार्दा एकजनाको मृत्यु

झापाको मेचीनगरमा करेन्ट लगाए माछा मार्दा एकजनाको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे मेचीनगर ४ बाहुनडाँगी बस्ने ५५ वर्षीय विकास प्रधानले आफ्नै माछा पोखरीमा हात्ती रोकथामको लागि लगाएको फेन्सिङ तारबाट जडान गरी पोखरीमा माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइते प्रधानलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा अस्पताल पुर्‍याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

साथै पोखरी छेउमा बाँधिएको गाई समेत करेन्ट लागेर मरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिटाबाट टोली खटिएर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार