२०८३ बैशाख २४ गते , विहीबार

झापाको गौरादहमा सर्पले डसेर एक महिलाको मृत्यु

sajilo news
झापा
२०८२ कार्तिक २२ गते , शनिबार
झापाको गौरादहमा सर्पले डसेर एक महिलाको मृत्यु

झापाको गौरादहमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । गएराति अन्दाजी ८ः३०बजे गौरादह-६ तेडियाडाँगी बस्ने स्व.अजय शर्माकी श्रीमती २५ वर्षीया चाँदनीदेवी शर्मालाई आफ्नै घरभित्र स्टोर रुम जाने क्रममा विषालु गोमन सर्पले दाहिने खुट्टामा डसेको थियो ।

घाइतेलाई उपचारको लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकोमा उनलाई डाक्टरले चेकजाँच गर्ने क्रममा राति ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार