२०८३ बैशाख २४ गते , विहीबार
अधुवा खोलामा डुबेर एक बालकको मृत्यु
बिर्तामोडमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-४ स्थित मेघाबारी टोल निवासी बिक्रम माझीका २ वर्षीय ५ महिनाको छोरा दिवांश माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ९ः४५ बजे बालक दिवांश खेल्ने क्रममा घर छेउमै रहेको अधुवा खोलामा डुबेका थिए । बालक डुबिरहेको अवस्थामा उनका हजुरबुबाले देखेर उद्धार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याउँदा उनको मृत्यु भइसकेको थियो । शवको कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरी्ले जनाएको छ ।