२०८३ बैशाख २४ गते , विहीबार
२८ लाखसहित दुई भारतीय नागरिक पक्राउ
कैलालीमा दुई भारतीय नागरिक रु २८ लाखसहित पक्राउ परेका छन् । सोमबार धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट रु २८ लाख ३५० सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
मिलनचोकबाट भारतको लखिमपुर खिरी पलियाका हरचित गुप्ताले चलाएको भारतीय युपी ३१ सिएन ११७५ नम्बरको कारमा जाँच गर्दा त्यसमा सवार सोही ठाउँका सागर गुप्तालाई स्रोत नखुलेको नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।