२०८३ बैशाख २४ गते , विहीबार

झापाको कनकाईमा पुरुषको शव बेवारिसे अवस्थामा फेला

sajilo news
झापा
२०८२ कार्तिक १७ गते , सोमबार
झापाको कनकाईमा पुरुषको शव बेवारिसे अवस्थामा फेला

झापाको कनकाई नगरपालिकामा  एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । आज दिउँसो १२ः३० बजे कनकाई –२ झण्डी खोप भन्ने स्थानमा तत्काल नाम थर वतन नखुलेको पहाडे मूलको जस्तो देखिने अन्दाजी वर्ष ४०–४२ को पुरुष मानिस घोप्टो परि मृत अवस्थामा फेला परेका हुन् । घटनास्थल अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार