२०८३ बैशाख २४ गते , विहीबार

बालेनको आपत्तिजनक स्टाटसले सामाजिक सञ्जालमा चर्को आलोचना

sajilo news
काठमाडौं
२०८२ कार्तिक १६ गते , आईतबार
बालेनको आपत्तिजनक स्टाटसले सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को आपत्तिजनक स्टाटसले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । बालेनले राजनीतिक दल, अमेरिकी र छिमेकी मुलुकलाई लक्षित गर्दै आपत्तिजनक र अशोभनीय स्टाटस लेखेका छन्। उनले भारत, चीन, अमेरिका र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै विषयमा आपत्तिजनक स्टाटस लेखेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा ुभाडमा जाउ, तिमीहरूले केही पनि गर्न सक्दैनौुं भन्ने आश्यको विवादित स्टाटस लेखेका छन्। मेयर बालेनले शनिबार मध्यरातमा लेखेको उक्त स्टाटस अहिले डिलिट गरेका छन्। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले स्टाटस डिलिट गरेका थिए।

छिमेकी देश र प्रमुख राजनीतिक दलका विषयमा आपत्तिजनक स्टाटस लेखपछि उनको चौतर्फी आलोचना भएको थियो। उनले कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र भारत, अमेरिका र चीनको नाम लिएरै विवादस्पद् अभिव्यक्ति दिएका थिए।

बालेन सामाजिक सञ्जालमा लेखेका स्टाटसका कारण चर्चामा रहने गर्छन्। यसअघि पनि सिंहदरवारमा आगो लगाइदिनेजस्ता अभिव्यक्तिका कारण उनी विवादमा परेका थिए। सोही अभिव्यक्तिकै कारण जेनजी आन्दोलनमा सिंहदरवार जलाइएको भन्दै उनीविरुद्ध उजुरीसमेत परेको छ। जेनजी आन्दोलनमा पनि फेसबुकमा विभिन्न स्टाटस लेखेर उक्साएको उनीमाथि आरोप लाग्दै आएको छ। 

सम्बन्धित समाचार