२०८३ बैशाख २४ गते , विहीबार

मेची नदीमा डुबेर एकजनाको मृत्यु

sajilo news
झापा
२०८२ कार्तिक १५ गते , शनिबार
मेची नदीमा डुबेर एकजनाको मृत्यु

मेची नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- १० का ४१ वर्षीय वर्षीय महमद नौसाद रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज बिहान अन्दाजी साढे १० बजे नेपाल भारत सीमावर्ती क्षेत्रको विहार किशनगञ्ज जिल्ला बक्सरभिट्टा-४ नजिकै उनको शव उत्तानो अवस्थामा फेला परेको थियो ।

उनलाई मेची नदीले बगाई यहाँसम्म ल्याई पुर्‍याएका थिए । शव फेला परेको जानकारी पाएपछि प्रहरी चौकी मेचीपारिबाट प्रहरी टोली घटनास्थल पुगेका थिए । वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाइएको छ । 

सम्बन्धित समाचार