तान्जानियामा भड्कियो हिंसा, कम्तीमा ५०० मानिस मारिए
तान्जानियामा आम निर्वाचनलगत्तै शुरु भएको प्रदर्शनमा सयौँ मानिस मारिएका छन्। मृतकको संख्याबारे फरकफरक दाबी आएका छन् । देशभर इन्टरनेट बन्द हुँदा स्पष्ट तथ्यांक सार्वजनिक नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विपक्षी पार्टी चडेमाका एक प्रवक्ताले सुरक्षा बलसँगको झडपमा करिब ७०० मानिस मारिएको समाचार एजेन्सी एएफपीलाई बताएका छन्। यस्तै तान्जानियाको एक राजनीतिक स्रोतले कम्तीमा ५०० मानिस मारिएको बीबीसीलाई बताएको छ ।
सरकारले भने हिंसा रोक्न भन्दै देशभर कर्फ्यू घोषणा गरेको छ। हालै सम्पन्न निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै युवाहले देशभर प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले सरकारले मुख्य विपक्षी नेतामाथि दमन गरेको र लोकतन्त्रलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाएका छन्। सरकारले एक शक्तिशाली विपक्षी नेतालाई जेलमा राखेका छ भने अर्का एक नेतालाई निर्वाचन लड्न दिएन।
शक्तिशाली नेताहरुलाई निर्वाचनबाट वञ्चित गरेर राष्ट्रपति सामिया सुलुहू हसन र उनको पार्टी चामा चा मापिन्दुजीले सत्ता कब्जा गर्न खोजेको आरोप लागेको छ ।