२०८३ बैशाख २४ गते , विहीबार
मेचीनगरमा यात्रुवाहक बस कल्भर्टमा ठोक्किँदा दुर्घटना, पाँच जना घाइते
झापाको मेचीनगरमा बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । आज बिहान ९ बजे मेचीनगर –१० धाइजनस्थित पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट जनकपुरतर्फ जाँदै गरेको मे–१–ख २००२ नम्बरको मातृ भाग्य रेखा बस अनियन्त्रित भई ढुकुरे खोलाको कल्भर्टमा ठोक्किएको हो । बसमा सवार २० –२५ जना यात्रुमध्ये ५ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा भारत हिमालपुर बस्ने वर्ष ७७ की राममाया लामा, राजविराज बस्ने वर्ष ७२ का रामप्रसाद पण्डित, भारत सिलिगुडी बस्ने वर्ष ६५ की प्रमीला यादव, बसका सहचालक सूर्यनारायण यादव र ५ सप्तरी बस्ने वर्ष २३ का शेखर मण्डल रहेका छन् । उनीहरूलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।