२०८३ बैशाख २४ गते , विहीबार
इलाममा आज बेलुका ७ बजेदेखि सवारी सञ्चालनमा रोक
इलाममा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले बुधवार एक सूचना जारी गर्दै मेची राजमार्गमा आज बिहीबार बेलुका ७ बजेदेखि बिहान ६ बजे सम्म अर्को सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो ।
जल तथा मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बङ्गालको खाडीमा विकसित चक्रवात 'मोन्था' का कारण बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिवार बिहानसम्म कोशी प्रदेशको इलाम जिल्ला लगायत देशका धेरै भू–भागहरूमा मौसम प्रभावित हुने देखिएको भन्दै सवारी सञ्चालनमा रोक लगाइएको हो ।
प्रतिकूल मौसमका कारण हुने अत्यधिक वर्षाका कारण राजमार्गमा सवारी आवागमनका क्रममा विपद्जन्य घटना घट्न नदिन सवारी सञ्चालनमा रोक लगाइएको जारी सूचनामा उल्लेख गरिएको छ ।