चन्द्रगढी दोस्रो खानेपानीको निर्वाचन : काँग्रेस र एमाले गठबन्धनलाई पराजित गर्दै रास्वपाको वर्चश्व
भद्रपुर । भद्रपुर-९ स्थित चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्चश्व कायम गरेको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) गठबन्धनका साझा उम्मेबार बद्रीप्रसाद उप्रेतीलाई १९७ मतान्तरले पराजित गर्दै रास्वपाका जगतप्रसाद तिवारी अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट तिवारीले ४२३ र निकटतम प्रतिष्पर्धी उप्रेतीले २२६ मत ल्याएका थिए ।
त्यसैगरी उपाध्यक्षमा रास्वपाका घनश्याम अधिकारी ३२७, सचिवमा गठबन्धनबाट सन्तोसकुमार खडका राजु ३२४, सहसचिव रास्वपाकी बिमला पौडेल दाहाल ४१३ र कोषाध्यक्षमा रास्वपाकी कल्पना पौडेलले २६१ मत ल्याई विजयी भएका छन् । त्यस्तै सदस्यहरूमा टेकबहादुर रोका, भिमप्रसाद निरौला, सुरेस घिमिरे र निरा भुजेल विजयी भएको निर्वाचन समितिका सदस्य राजु वरालले जानकारी दिए । निर्वाचनमा कुल मतदाता ८९५ रहेकोमा ७८९ मत खसेको थियो ।